काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर

समाचार

काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिका–४ स्थित कत्तार भिसा सेन्टरअगाडिको सडकखण्डमा पाँच वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको BR06DD6063 नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएकामध्ये काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बू को टाउको र दायाँ हातमा गम्भीर चोट लागेको छ। अन्य नौ जनाको अवस्था मध्यमदेखि सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई तत्काल उद्धार गरी महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पताल मा उपचारका लागि पठाइएको छ। उपचाररत अधिकांश घाइते बोल्न सक्ने अवस्थामा रहेका छन्।

दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा सिवानी शाही, सुशान्त शाही, बिकी शाहा, उर्जा लामा, कुन्तिमाया लिम्बू, निउजित शाह, विष्णुमाया खापुङ, पार्वती तामाङ, बिनोद थापा मगर र जीवन राना मगर रहेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *