शाखा अधिकृतको लिखित परीक्षा स्थगित।

समाचार

 

काठमाडौं, २३ माघ

लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ ।

आज एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।

आयोगले माघ २८ गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।

सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *