मधेस सरकारमा माओवादीका दुई मन्त्री यादव र अन्सारीले आज सपथ लिदैँ।

राजनीति समाचार

मधेश प्रदेश।
जनकपुर, २४ माघ
मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन ।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादव र अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *