जय जिणमाता वस्त्रालयको गोदामबाट ५ लाख भन्दा बढीका कपडा बरामद। (सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा छापामारी)

समाचार

बिरगंज, २५ माघ

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज तथा बिरगंज भन्सार कार्यालयको संयुक्त टोलीले डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा बिरगंज महानगरपालिका-१० टाउनहल जाने बाटोमा रहेको जय जिणमाता वस्त्रालयको गोदाममा छापामारी गरेको छ।

छापामारीका क्रममा ५ लाख ११ हजार ४ सय २० मूल्य बराबरको भन्सार छलीको आशंकामा ठूलो मात्रामा कपडा बरामद गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको कपडाको ५ लाख ११ हजार ४ सय २० रुपैया मूल्यांकन रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि उक्त सामान बिरगंज भन्सार कार्यालयलाई बुझाईएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *