सशस्त्र प्रहरी पर्साद्वारा सुरक्षा व्यवस्था कडा, तालिमप्राप्त कुकुरबाट कडाइका साथ चेकजाँच

बिदेश राजनीति समाचार

पर्सा, माघ  २५ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले सुरक्षा व्यवस्था कडा गर्दै लागु औषध, विष्फोटक पदार्थ, हतियार तथा अन्य गैरकानुनी वस्तुहरूको अवैध ओसारपसार रोक्न चेकजाँच अभियानलाई प्रभावकारी बनाएको छ।

छिमेकी मुलुकबाट यस्ता अवैध वस्तुहरू भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा एफओबी आईसीपी र वीरगञ्ज भन्सारको संयुक्त टोलीले सुरक्षा जाँचलाई कडाइ गरेको हो। डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा वीरगञ्ज आईसीपीको भित्र तथा बाहिर आवतजावत गर्ने सवारी साधनमा कडाइका साथ जाँच गरिएको छ।

गाडीहरूमा विभिन्न फल्स बटम बनाई गैरकानुनी वस्तुहरू लुकाइछिपाइ ओसारपसार गर्न सकिने सम्भावनालाई ध्यानमा राखी तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।

सुरक्षा सतर्कता बढाइ नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्ने सशस्त्र प्रहरीको प्रतिबद्धता रहेको अधिकारीहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *