वीरगञ्ज, मंसिर २५ । खानेपानी मन्त्री प्रदीप यादवले आज वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको शाखा कार्यालयको निरीक्षण र अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले कार्यालयको सेवा प्रवाह, व्यवस्थापन लगायतका विषयमा जानकारी लिँदै सेवा गुणस्तर सुधार गर्न शाखाका कर्मचारीहरूलाई प्रेरित गरेका छन्।
मन्त्री यादवले देखा परेका समस्याहरू समाधान गर्न तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। उनले भने, “खानेपानी सेवा जनताको आधारभूत आवश्यकता हो। त्यसैले गुणस्तरीय र सुलभ सेवा सुनिश्चित गर्न सरकार पूर्ण प्रयासरत छ।”
मन्त्रीले शाखा कार्यालयलाई स्थानीय तहसँग समन्वय गरेर नागरिकलाई सहज सेवा पुर्याउने दिशामा काम गर्न पनि जोड दिए।
