बिरगंज ,२५ मंसिर ।
पर्सा जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी चौकी ईनर्वाको टोलीले २ किलो ६ सय ग्राम गाजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंसिर २५ गते बिहान ९:५० बजे बिरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट अगाडि प्रहरी चौकी ईनर्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा उक्त व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत, पश्चिमी चम्पारण बेतिया, थाना हरिभाटका चोक वार्ड नम्बर ३९ निवासी १८ वर्षीय अमन कुमार रहेका छन्।
प्रहरीले जनाएअनुसार कुमारले शरीरमा लुकाएर उक्त गाजा नेपालबाट भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।
