बारा जिल्लामा ९ बिगाहा खेतमा लगाइएको अवैध गाँजा प्रहरीले नष्ट गर्यो

बिदेश राजनीति समाचार

बारा, माघ २५।

बारा जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाइएका गाँजाका बिरुवाहरू प्रहरीको टोलीले फडानी तथा नष्ट गरेको छ। आज मिति २०८१ माघ २४ गते बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म प्रहरी कारबाहीको क्रममा ९ बिगाहा क्षेत्रफलमा लगाइएको करिब १ लाख ८० हजार गाँजाका बोट नष्ट गरिएको हो।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-२२, चकरी गाउँ र नयाँ बस्ती क्षेत्रमा रहेका ५ बिगाहा खेतीमा लगाइएका करिब १ लाख गाँजाका बोटहरू नष्ट गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-१२ र १३ का विभिन्न स्थानमा फैलिएको ४ बिगाहा खेतीमा लगाइएका ८० हजार गाँजाका बोटहरू फडानी तथा नष्ट गरेको जनाएको छ।

अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले विभिन्न स्थानमा यस्ता कारबाहीहरूलाई निरन्तरता दिइरहेको छ। प्रहरीका अनुसार, अवैध लागुऔषध खेती तथा कारोबारविरुद्ध थप कडा निगरानी गर्दै कारबाहीलाई अझ प्रभावकारी बनाइने छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *