पर्सा प्रहरीको सक्रियतामा घरमा चोरी गर्ने व्यक्ति पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,माघ २५।जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा रहेका वडा प्रहरी कार्यालय श्रीपुरद्वारा घरमा चोरी गर्ने एक व्यक्तिलाई  पक्राउ गरेको छ ।

२०७९।१०।०७ गते  वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष ५५ को कपिल प्रसाद रौनियारले कामको सिलसिलामा काठमाण्डौ गएको हुँदा ,घरमा कोही नभएको मौका छोपी निजको दुई तल्लेघरको मूलढोकाको ताल्चा फुटाइ घरमा प्रवेश गरी घरमा रहेको नगद रू.१,००,०००।– ( एक लाख ) तथा गरगहना, अन्य सामानहरू ११,१०,०००।– ( एघार लाख दश हजार ) बराबरको जम्मा गरि रू.१२,१०,०००।– ( बाह्र लाख दश हजार ) बराबरको धनमालहरू चोरी भएको  सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा तथा  वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी निरीक्षक डिल्लीराज सापकोटाको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले  अनुसन्धान गरी खोज तलासको क्रममा मिति २०७९।१०।२३ गते भारत विहार जिल्ला सितामढी वडा नं.६ सुगौली घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ मा डेराकोठा लिइ बस्ने वर्ष २० को राजु आलम भन्ने फैयाज आलमलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नयाब उपरीक्षक दिपक गिरिले बताएका छन ।

पर्सा प्रहरीका अनुसार प्रारम्भिक सोधपुछ गर्दा चोरि गरेको स्वीकार गरेको र उक्त घरमा निजले चोरी गरेको सामान LED थान-२ ,क्यामेरा थान-१ र अन्य गरगहनाहरू बरामद भएको छ ।

निज  राजु आलम भन्ने फैयाज आलमलाई जिल्ला प्रहरी  कार्यालयमा ल्याइ  निज विरुद्द चोरी सम्बन्धी कसूरमा  पाँच दिनको म्याद थप लिई थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता गिरिले जानकारी गराएका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *