रसीद आलम ।पर्सा, बिरगंज ,माघ २५ बुधबार ।भारी मात्रामा प्रतिबन्धित लागु औषध र ट्रक सहित तिन जना ब्यक्तिहरूलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राइपोर्ट गेट अगाडि वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्र.नि.डिल्लीराज सापकोटा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश २-०३-००१ क १९३४ नम्बरको ट्रक गाडीलाई रोकी चेक गर्ने क्रममा ट्रकको चालक बस्ने सिटमुनी सेतो प्लाष्टिकको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onrex 100ml को १६६ बोत्तल र Codiwell Cough syrup ५७ बोत्तल गरी जम्मा २२३ बोत्तल बरामद भएको हुँदा उक्त नम्बरको ट्रक र उल्लेखित परिमाणको लागु औषध सहित तीन जना ब्यक्तिहरुलाई मंगलवार नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता दिपक गिरिले जानकारी गराएका छन् ।
पर्सा प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने वर्ष ४२ को निर्मल पौडेल (चालक),मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने वर्ष ४० को रमेश थापा,मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.९ बस्ने वर्ष २९ को सुदर्शन खड्का रहेका छन ।
उक्त सम्बन्धमा थप अनुसन्धान भैरहेको गिरिले बताएका छन ।