बोरामा फेला पर्‍यो महिलाको शव

समाचार

विराटनगर, ८ फागुन । मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो ।

शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले  घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *