पठान अन्ततः एक हजार करोड क्लबमा पुग्ने निश्चित

मनोरंजन समाचार

मुम्बई, ९ फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

 

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

 

उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

 

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ काे छबीलाइ पुष्टी गरेकाे बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *