देउवाले प्रस्ताव गरे राष्ट्रपतिमा पौडेलको नाम, केही बेरमा अनुमोदन हुने

समाचार

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका छन् ।

 

केही बेर अघि सुरु भएको कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरेका हुन ।

 

हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

 

देउवाको प्रस्ताव अनुमोदन भए पछि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *