रसीद आलम।बिरगंज ,फागुन २०।पर्सामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्सा प्रहरीका अनुसार फागुन १९मा वीरगञ्ज महानगरपालिका वडा नं.९ सिमखरी चोक स्थितबाट पोखरिया तर्फ जाँदै गरेको ना ४२ प १७५९ नम्बरको मोटरसाईकलमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं.३ फुलरिया बस्ने बर्ष ३९ को बिश्वजित राउत गिरीले चलाइ सो मोटरसाइकल पछाडि जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी बस्ने वर्ष ४५ को चोकट मुखिया विन दुबै जना सवार भएको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा दुबै जना घाइते भएको जानकारी प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले घाईतेहरूलाई उद्दार गरी उपचारको लागि पोखरिया अस्पतालमा लगिएकोमा उपचारको क्रममा पछाडि सवार चोकट मुखिया विनको मृत्यु भएको र मोटरसाइकल चालक विश्वजित राउत गिरीको दाहिने हात फ्याक्चर भएकोले थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइ उपचार भैरहेको छ ।
मृतकको लास पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको साथै मृतकको लास जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।
