राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले

राजनीति समाचार

काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन ।

 

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन ।

 

यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले मतदान गरेका हुन ।

 

अहिले पनि राजनीतिक दलका बरिष्ठ नेता देखी सांसदहरुले मतदान गरिरहेका छन ।

संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ । यतिखेर मतदान स्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीका शिर्ष नेता, संघीय सांसद  र प्रदेश सांसदहरुको उपस्थिति देखिन्छ । मत हाल्नका लागि सांसद आउने जाने क्रम जारी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *