जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

राजनीति समाचार

 

काठमाडौं, २५ फागुन

जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । जसपा सांसद प्रदीप यादवले पार्टीले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई उपराष्ट्रपतिमा उठाएर जसपा अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत आफू बारा–२ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *