दाइजो नल्याएको भन्दै यातना दिने ससुरा महोत्तरीबाट पक्राउ

समाचार

 

महोत्तरी, २९ फागुन

दाइजो नल्याएको भन्दै वुहारीलाइ शारिरीक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।

महोत्तरीको औरही नगरपालिका वस्ने उनकी बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।

२० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान  पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा  हालेकी थिइन् ।

त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश बमोजिम  प्रहरीले  पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ ।

तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए । मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित  दशगजा नजिकै लुकिछिपी वसिरहेको वेला उनलाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

११ चैत्र २०७८ मा सामाजिक परम्पराअनुसार रामगोपालपुरमा  नेहा र पंकजको विबाह भएको थियो ।नेहाले  ५१ लाख नगद २० तोला सुन, ३० तोला चादी, टिभी, फ्रीज लगायत दाइजोकोरुपमा ल्याएको उनले जाहेरीमा उल्लेख गरेकी थिइन् ।

यसका वावजुद पनि विवाह भएको ८ महिनापछि पंकज लगायत उनको घरपरिवारले नेहालाइ घरनिकाला गरिदिएपछी उनले मानवअधिकारवादी र मिडियाकर्मीहरूसगँ सहयोगको याचना गरेकी थिइन्  ।

श्रीमान् पंकज र उन्का वुवा राम प्रवेशलाइ अदालतले पुर्पक्षको लागी जेल चलान गर्ने आदेश दिएलगत्तै पंकज पक्राउ परेता पनि राम प्रवेश भने फरार नै थिए ।

प्रहरीको खोजीको क्रममा रहेका राम प्रवेश दशगजा क्षेत्रमा लुकेर बसेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरि उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।

छोरा पंकजलाइ जस्तै उनलाई पनि सोही प्रकृतिको कसुरमा कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरूलाई पक्राउ गरि कानुनी दायरामा ल्याएपछि दाइजोबाट प्रताडित बनेका नेहा जस्तै बुहारिमा राहत महसुस भएको छ ।

दाइजोकै कारण शारिरिक र मानसिक यातना भोगीरहेका महिलाहरुले यो घटना बाहिर आएपछी सशक्त प्रतिवाद गर्ने विश्वास लिइएको छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *