रसीद आलम।बिरगंज चैत ६।
बिरगंजमा प्रतिबन्धित लागु औषध सहित एक जना ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरिएको जनाएको छ ।
चैत ४ गते शनिबार वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा वी.म.न.पा.१ ह १-०११८ नम्बरको ई-रिक्सा संकास्पदरूपमा भारत रक्सौलबाट वीरगञ्ज तर्फ जादैगरेकोमा प्रहरी चौकी ईनर्वाका इन्चार्ज वरिष्ठ सई टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त ई-रिक्साको सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml लेखीएको सिरफ ५ कार्टुनमा १७८ बोतल फेला परेको हुँदा उक्त लागु औषध Onerex, ई-रिक्सा र ई-रिक्सा चालक बिरगंज म.न.पा. वडा नं. १५ भिष्वा बस्ने वर्ष २० को बलजित यादव समेतलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवलाई लागु औषध सम्बन्धी कसुरमा चैत ५ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिएका छन ।