रसीद आलम।पर्सा ,चैत ६।पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित एक जना भारतीय ब्यक्तिलाई पक्राउ गरेको छ ।
पर्सा प्रहरीका अनुसार चैत ४ गतेमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाँउ स्थित धर्मकाँटा अगाडी पार्किङमा रहेको बि आर ०६ जि ए ९६९१नम्बरको मिनि ट्रकभित्र लागु औषध गाँजा लुकाई छिपाई राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा प्रहरी टोली गई सो मिनि ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउँ बनाई लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध गाँजा १४९ के.जी. फेला परेको हुँदा उक्त लागु औषध गाँजा, मिनि ट्रक र ट्रक चालक भारत राज्य मोतिहारी पुर्वी चम्पारण सपाहा दक्षिणी मनासिङ्गा लक्ष्मीपुर वडा नं. ११ बस्ने वर्ष २७ को ओम प्रकाश सिंहलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका सिंहलाई लागु औषध सम्बन्धी कसुरमा चैत ५ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता दिपक गिरिले जनाएका छन ।
