बुबाको हत्या आराेपमा छाेरा पक्राउ

समाचार

कपिलवस्तु, १२ चैत । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आराेपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *