(अपडेट)पर्सामा लागु औषध चरेश सहित एक जना मानिस पक्राउ ।

समाचार

रसीद आलम ।बिरगंज ,चैत १३।

लागु औषध चरेश सहित एक जना ब्यक्तिलाई पर्सा प्रहरीले  पक्राउ गरेको जनाएको छ ।

पर्सा प्रहरीका अनुसार चैत १३ गते विहानको राती २:३० बजेको समयमा कालिकामाई गाउँपालिका वडा नं.१ तिनडुबिया बस्ने वर्ष ३८ को बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखिएको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक  मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले निजको घरकोठा खानतलासी गर्दा सो घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागु औषध चरेश बरामद भएको हो।


उक्त बरामद भएको लागु औषध चरेश तथा निजलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट ४ दिनको म्याद थप लिई थप  अनुसन्धान कार्य भैरहेको  पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन्  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *