भाइको हत्या अभियोगमा एक जना पक्राउ

समाचार

सिरहा, १३ चैत

सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका  ३ जमनटोकीमा रहेको आइसक्रिम फ्याक्ट्री अगाडी सोही फ्याक्ट्रीमा कामगर्ने उनीहरूबीच आपसका झगडा भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। सोही झगडामा दाइ रामचन्द्रले भाइलाई टाउको सहित सरिरको विभिन्न भागमा चोटपटक लागेका थिए। उनको उपचारको क्रममा दुईदिनपछि मृत्यु भएको थियो ।

भाइको मृत्युपछि फरार रामचन्द्रलाई प्रहरीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गरी खोजतलाश गर्दै जाने क्रममा यहि चैत ९ गते कन्चनपुर महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा फेलापारेको बताएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट दिन सातको म्याद लिई ईलाका प्रहरी कार्यालय गोलबजारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *