काठमाडौंमा एपीएफ इन्टेलिजेन्स ब्युरोको ठूलो सफलता : २९६.७५ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार

काठमाडौं, साउन १९। सशस्त्र प्रहरी बल (एपीएफ) इन्टेलिजेन्स ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–१, नक्सालस्थित नागपोखरी क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

मिति २०८३ साउन १८ गते सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा टोलीले २९६.७५ ग्राम ब्राउन सुगर, लागुऔषध उत्पादन तथा प्रशोधनमा प्रयोग हुने रसायन, बा ७ च ५१८० नम्बरको होण्डा कार, विभिन्न प्रकारका लागुऔषध ट्याबलेट, मोबाइल फोन, स्रोत नखुलेको नेपाली नगद रु. १ लाख ९८ हजार ३ सय ७५ तथा विभिन्न विदेशी मुद्राहरू बरामद गरेको जनाएको छ।

बरामद गरिएका लागुऔषध, नगद, सवारीसाधन तथा अन्य सामग्रीसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको एपीएफले जनाएको छ।

एपीएफले पछिल्लो समय लागुऔषध कारोबार नियन्त्रण तथा संगठित अपराधविरुद्ध विशेष अपरेसनलाई तीव्र बनाउँदै आएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *