बिरगंजमा प्रतिबन्धित लागु औषध लोड रहेका टाटा सुमो सहित एक जना मानिस पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,बैशाख १२।

बिरगंजमा प्रतिबन्धित लागु औषध लोड रहेका टाटा सुमो सहित एक जना ब्यक्तिलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार बैशाख ११ गते राती १० बजेको समयमा बिशेष सुचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१२ स्थित हरियाली रेष्टुरेन्ट अगाडी बाईपास सडक खण्डमा  वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले  वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २५ को बब्लु पाठकले भारतबाट वीरगञ्जतर्फ चलाई ल्याएको अवस्थामा ना.१ज. २०३७ नम्बरको टाटा सुमो रोकी चेकजाँच गर्दा उक्त गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो पलाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागु औषध  फेनारगन १४०० एम्पुल, डाईजेल्याब १४०० एम्पुल र नुरफिन १४०० एम्पुल गरी जम्मा ४२०० एम्पुल फेला परेको हुँदा उक्त लागु औषध, उल्लेखित नम्बरको गाडी सहित बब्लु पाठकलाई नियन्त्रणमा लिईएको हो।

पक्राउ परेका  निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा आज पर्सा जिल्ला अदालतबाट ७दिनको म्याद थप गरी अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *