६२ लाख भन्दा बढीका मालसामानहरु लोड रहेको ट्रक बिरगंजमा पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,बैशाख १७।

विल बिजक संकास्पद देखिएको तथा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक विरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको गोप्य  सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बैशाख १५ गते  वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

पक्राउ परेका उक्त ट्रक र सो भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरूको रू.६२ लाख ८ हजार ५ सय ९३  बराबरको मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *