वन मुद्दाका फरार प्रतिवादी देवान पक्राउ ।

समाचार

(सामाजिक सञ्जालमा भाइरल काठ तस्करी भिडियोका व्यक्ति पक्राउ, तीन वन मुद्दाका फरार प्रतिवादी वन कार्यालय बुझाइए)

वीरगञ्ज, १५असार । जिल्ला पर्सामा वनसम्बन्धी तीनवटा चालु मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार आइतबार साँझ करिब ५:१० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले पर्सागढी नगरपालिका–४ निवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवानलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मेराजुल देवान सामाजिक सञ्जालमा भाइरल भएको काठ तस्करीसम्बन्धी भिडियोमा देखिएका व्यक्ति हुन्। साथै, उनीविरुद्ध सव–वन डिभिजन कार्यालय सबैयामा वनसम्बन्धी तीनवटा चालु मुद्दा दर्ता रहेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका देवानलाई आवश्यक कानुनी कारबाहीका लागि सव–वन डिभिजन कार्यालय सबैयामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले वन अपराध तथा काठ तस्करी नियन्त्रणका लागि फरार प्रतिवादीहरूको खोजी र पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *