वीरगंजमा सशस्त्र प्रहरीले रु. १७ लाखभन्दा बढीको अवैध सामान भन्सार कार्यालयमा बुझायो

समाचार

 

पर्सा,  कार्तिक ११ – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१०, आदर्शनगरमा भन्सार छलि गरी भारतबाट नेपाल ल्याउँदै गरेको रु. १,७४,६०० बराबरको किराना सामान र मोटरसाइकल नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। उक्त सामान ना. १४ प ८०९१ नम्बरको मोटरसाइकलमा लोड गरिएको थियो।

यस्तै, सशस्त्र प्रहरीको प्र.सी.सु. गुल्म, वीरगंजबाट खटिएको अर्को टोलीले वीरगंज महानगरपालिका–१६, ईनर्वा स्थित विभिन्न सीमाना नाकाबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको रु. १३,०५,५६८ बराबरको किराना सामान, कपडा, इलेक्ट्रोनिक्स, मोटर पार्टस, फूल र कस्मेटिक्ससहित BR 05 AV 8402 नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिई कुल रु. १५,५५,५६८ मूल्याङ्कन गरि भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, सशस्त्र प्रहरी बिओपी ड्राईपोर्टबाट खटिएको अर्को टोलीले रु. ३२,७५० बराबरको पूजा सामग्री, झुमर र लेडिज माला नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरी घिमिरेले जानकारी दिएका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *