कञ्चनपुरबाट १५ लाख बराबरको मोवाईलको कभर बरामद

समाचार

कञ्चनपुर ,११ कार्तिक । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोवाईलको कभर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोवाईलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।

बरामद मोवाईलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *