पर्सामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम ।

समाचार

रसीद आलम,बिरगंज ,१ जेठ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम सम्पन्न भएको सामुदायिक प्रहरी सेवा छपकैया- २ ले जनाएको छ।

आज विहान ९.०० वजेको समयमा  बिरगंज म.न.पा. वडा नं. २ स्थित रजतजयन्ती चोकमा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको संयुक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम अन्तर्गत मोटरसाइकल  चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी गराउने ,नियम उल्लंघन गर्नेहरुलाई एकपटक सम्झाई बुझाई छाडने तथा साईकलहरुमा रातिमा टलक्ने  स्टिकर टाँस्ने कार्य गरिएको  सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले जनाएका छन् ।

सो कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले गरेका थिए तथा प्रमुख अतित्थ्यमा प्रहरी चौकी ईनर्वाका प्रमुख वरिष्ठ सई बिनोद काफ्लेको उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा सवारी दुर्घटना हुनुको मुख्य कारण के हो ? प्रश्न गर्दा “अनियंत्रित गतिमा सवारी चलाउने , मादक पदार्थको सेवन,क्षमता भन्दा बढी लोड गरेको सवारी तथा ट्राफिक नियमको उलंघन गर्ने सवारीहरु बढी दुर्घटनामा पर्द्छ्न”वरिष्ठ सई काफ्लेले बताएका छन् ।
यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गर्ने,ट्राफिक नियमको उलंघन गर्ने सवारीहरुलाई जरिवाना गर्ने ,नियन्त्रणमा लिने जस्ता अभियान ट्राफिक प्रहरीसंग समन्वय गरि संचालन गरेर सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भनेर बताएका छन ।

सो कार्यक्रममा  अरुण गोयल , अब्दुल कैस ,  दिपक कर्ण , उमेश लामा ,  ऐहसानुल हक , सामुदायिक प्रहरीका  प्र.स.नि. ईन्दिवर चौधरी , प्र.ह. देवेन्द्र कुमार पटेल , प्र.ज.दिपेन्द्र कुमार यादव लगाएत स्थानीय संचारकर्मी तथा बुद्धिजीवीहरुको उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *