रसीद आलम,बारा,५ जेठ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी बाराद्वारा बैकिङ्ग मुद्दाका फरार प्रतिवादी बारा बिश्रामपुर गाउँपालिका वडा नं. ५ बस्ने जिवन राउत भेडिहरको छोरा सुरेश राउत पाललाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ।
बारा जिल्ला अदालतको मिति २०७९/१०/१८ गतेको फैसला आदेशले ०-०-५ कैद र रु ७००,०००/-(सात लाख) जरिवाना ठहर भई फरार रहेका निज पाललाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक बिनोद बोहराले जनाएका छन् ।
पक्राउ परेका पाल हाल जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा रहेको बारा प्रहरीले जनाएको छ।