रसीद आलम, बिरगंज ।
बिल बिजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू लोड रहेको पिकअप वडा प्रहरी कार्यालय श्रीपुरले पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ
प्रहरीका अनुसार बिल विजक भन्दा बढी कस्मेटिक लगायतका सामानहरू बोकेको माल बाहक पिकअप ड्राईपोर्टबाट वीरगञ्जतर्फ आउदै गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष बहादुर शाहिको कमान्डमा खटिएको प्रहरी टोलीले जेठ १२ गते साझ ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २५ चण्डालचोक स्थित सडकखण्डबाट BR05GC 5395 नम्बरको मालवाहक पिकअप रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त पिकअपलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका पिकअप र सो भित्र लोड रहेको कस्मेटिक लगायतका सामानहरूको मुल्य रू. ५८,५९,०४७।- (अनठाउन्न लाख उनान्साठ्ठी हजार सड्चालिस ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।