रसीद आलम, बिरगंज ,२४ जेठ ।
पतञ्जली आयुर्वेद प्राईभेट लिमिटेडमा जागिर लगाइ दिने झुठ्ठा प्रलोभन देखाइ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा विन्दवासिनी गाउँपालिका वडा नं.४ बस्ने वर्ष २० को अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रा.लि.मा कामदारको रूपमा जागीर लगाई दिन्छु भनी निज चौरसियाको नागरिकता र सर्टिफिकेट प्रमाण पत्र तथा रू.२५,०००।– ( पचीस हजार ) रकम ठगी गरेको आरोपमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.५ बस्ने वर्ष २५ को अंकेश कुशवाहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
निज विरुद्द ठगी सम्बन्धीको कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
