प्रहरी चौकी ईनर्वाद्वारा लागु औषध सहित एक जना भारतीय नागरिक पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१३ असार ।

प्रहरी चौकी ईनर्वाले लागु औषध सहित एक भारतीय नागरिक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

बुधबार ९:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा प्रहरी चौकी ईनर्वाको प्रमुख वरिष्ठ सई बिनोद काफ्लेको कमान्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सौलबाट  संकास्पदरूपमा पैदल  वीरगञ्जतर्फ आउँदै गरेका भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल डंकन बस्ने वर्ष २० को अनिल भन्ने अनिष सिंहलाई  चेकजाँच  गर्दा निजले बोकेको कालो व्यागभित्र लुकाइ छिपाई राखिएको लागु औषध नाइट्राभेट ट्याब्लेट १४७० पिस फेला परेको हुँदा उल्लेखित परिमाणको लागु औषध सहित अनिल भन्ने अनिष सिंहलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।

पक्राउ परेका अनिष सिंहलाई लागु औषध सम्बन्धी कसूरमा आजै पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको सूचना अधिकारी गिरिले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *