रसीद आलम, बारा,२१ असार ।
बारा प्रहरीले १६८ किलो अवैध लागू औषध गाँजा पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आज बिहान ६:३० बजेको समयमा कोल्हवी न.पा. ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरमा अवैध लागू औषध गाँजा लुकाई छिपाई राखेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले निज जितेन्द्र चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरुको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा १६८ किलो फेला परेकोले उक्त गाँजा बरामद गरेको बारा प्रहरी प्रवक्ता प्र.ना.उ. पुरुषोत्तम प्रसाद पाण्डेले जनाएका छन् ।
घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भई रहेको बारा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताएका छन् ।