रसीद आलम,बिरगंज ,२१असार ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न तथा कपडाहरू जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाको आधारमा आज ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट भन्सार छली चोरी पैठारी गरी १०/१२ जना व्यक्तिहरूले टाउकोमा विभिन्न किसिमका लत्ताकपडाहरू तथा खाद्यान्न लगायतका मालबस्तुहरू वीरगञ्जतर्फ भित्राउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएकोले उक्त मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
उक्त पक्राउ गरेका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरूको मुल्य रु.५ लाख ९५ हजार ८ सय ३० बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी गिरिले बताएका छन् ।