बालुवाटार जग्गा प्रकरण : पक्राउ परेका १७ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

समाचार

काठमाडौं, ३१ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

 

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

 

आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरातमा राख्न अनुमति दिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *