रसीद आलम,बिरगंज ,४ साउन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु प्रहरी चौकी ईनर्वा पर्साको टोलीले बरामद गरेको पर्सा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साडी-४५ पिस, मोबिल-२० लिटर,कुर्ता सुरवाल- २२ पिस,पास्ता-२० के.जी.र कस्तुरी मदिरा-२ कार्टुन बिहीबार भन्सार छली चोरी पैठारी गरी भित्र्याईएको अवस्थामा पक्राउ गरिएको हो।
उक्त बरामद गरीएको सामानहरुको रु. ९२ हजार ५०० सयको मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
