रसीद आलम, बिरगंज ,४ साउन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने वडा प्रहरी कार्यालय विर्ताले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ्।
पर्दाको कपडा- २४० पिस, कुर्ता सुरवाल-७६ पिस, सुती साडी- १५ पिस, नाईटी-२५ पिस,कुर्ता सुरवालको थान कपडा- १०३ मिटर,सर्टको थान कपडा-१३९ मि.,
सर्टको रोल कपडा-४१० मि., पाईन्टको थान कपडा-१३० मि.र लेडिज कुर्थाको थानवाला कपडा ४० थान भन्सार छली चोरी पैठारी गरी भित्र्याएको अवस्थामा विर्ताको टोलिले पक्राउगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बरामद गरेको उक्त सामानहरुको रु.६ लाख ९७ हजार १ सयको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै वडा प्रहरी कार्यालय श्रीपुरले टिसर्ट \ भेष्ट- ३४० पिस,बच्चाको सेटको कपडा- १९८ पिस,कट्टु- ९१ पिस,हाफपाइन्ट- १०५ पिस, लेगिज- १३०पिस गरि जम्मा मुल्य रू .५० हजार बराबरको पक्राउ गरेको तथा प्रहरी चौकी गण्डक पर्साको टोलील कुर्ता सुरवाल थान कपडा-१९ थान,थानको कपडा- १ रोल गरि जम्मा मुल्य रु.२० हजार बराबरको भन्सार छलीएको अबैध सामानहरुलाई नियन्त्रणमा लिई वीरगञ्ज भन्सारमा बुझाईएको पर्सा प्रहरीले जानकारी गराएको छ।