५५ लाख ८५ हजार बराबरको ट्रक र लोड रहेको समानहरु पर्सा प्रहरीद्वारा पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,१० साउन ।

बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १०:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५६७१ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन् ।

पक्राउ गरेको ट्रक र सो भित्र लोड रहेको समानहरूको मुल्य रू. पचपन्न लाख पचासी हजार पाँच सय एकासी बराबरको  मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *