पर्सा, ६ माघ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज बिहान ९:०० बजे इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, अफिस, व्यारेक र मेसको निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणको क्रममा उहाँले प्रहरी कर्मचारीहरूलाई कार्यालय व्यवस्थापन, अनुशासन र जिम्मेवारीप्रति ध्यान दिन आवश्यक निर्देशन प्रदान गर्नुभएको छ। निरीक्षणले कार्यालयको समग्र व्यवस्थापन सुधार्न र प्रहरी सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
