भन्सार छलिएका ३ लाख ९० हजार बराबरको समानसहित मोटरसाइकल बिओपी बरैनियाको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बारा,१० बैशाख।

सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराको मातहत बिओपी बरैनियाले भन्सार छलिएका ३ लाख ९० हजार ६ सय २५ बराबरको पानासोनिक एसि,चकलेट र मोटरसाइकल बरामद गरेको छ।

बाराको बिश्रामपुर गाउँपालिका-१ र ३ कल्याणपुर र मुसहर्वाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि बरैनियाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको गस्ती टोलीले प्रदेश २-०३-००४ प ५६४२ नम्बरको मोटरसाइकलमा राखि भारतबाट नेपालतर्फ अबैध रुपले ल्याँउदै गरेको ३ लाख ४० हजार बराबरको पानासोनिक एसि र मोटरसाइकललाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

गस्तीकै क्रममा आचार्यको टोलीले रु.५० हजार ६ सय २५ बराबरको भन्सार छलिएका१० कार्टुन चकलेट बरामद गरेको छ।

बरामद गरीएको समान बिरगंज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रियामा रहेको बिओपी बरैनियाले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *