सशस्त्र प्रहरी बल बाराद्बारा एक भारतीय बच्चा चोर पक्राउ ।

समाचार

रसीद आलम, बारा,३ भदौ ।

सशस्त्र प्रहरी बल, नेपाल बाराद्बारा बच्चा चोरी गरी भारततर्फ लैजादै गरेको एक जना भारतीय व्यक्तिलाई पक्राउ  गरेको जनाएको छ ।

आइतबार बारा देवताल गा.पा ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र सोही ठाउँमा बस्ने प्रेमचन्द्र महत्तोको छोरा बर्ष २ को सत्यम कुमार महत्तो लाई भारत जिल्ला पुर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आदापुर बस्ने बर्ष २२ को तबरेज आलमले चोरी गरी बोरामा राखी भारत तर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनि बिओपी दक्षिणझिट्कैया बाट स.प्र.ना.नि मिलन श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शंका लागी चेक जाँच गर्दा बोरामा सो बच्चाहरु फेला परेको हुँदा निज आलमलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं १२गण हेक्वा बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तोप बहादुर दाङीले जनाएका छन्।

बच्चाहरुलाई उद्धार गरी निजका अभिभावकलाई जिम्मा लगाईएको र  नियन्त्रणमा लिईएको ब्यक्तिलाई आबश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *