रसीद आलम, पर्सा ,२८ भदौ ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरियाले १७३.५०० किलोग्राम लागू औषध गाँजा पक्राउ गरेको जनाएको छ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मोहन बिक्रम के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार १२:३०को समयमा पाकाहामैनपुर गा.पा.वडा नं. १ धोरे बस्ने माधोलाल महतो कोईरीको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १७३.५०० किलोग्राम लागू औषध गाँजाको २० वटा पोका बरामद गरेको प्रहरीले जनाएको छ।
छापामारिको समयमा माधोलाल महतो कोईरी लगायत निजको घर परिवारको सदस्यहरु भागि फरार भएकोले निजहरूको खोजीकार्य भैरहेको उक्त सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको लागू औषधमुक्त जिल्ला ,लागू औषध नियन्त्रण तथा शुन्यकरण अभियानको परिणामस्वरुप प्रहरी उपरीक्षक शाहको निर्देशन तथा नेतृत्वमा पर्सा प्रहरीले यति ठुलो मात्रामा गाजा बरामद गरेको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।