बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ ।

समाचार

रसीद आलम, बिरगंज ,२७ भदौ ।

बिल बिजक भन्दा बढी हार्डवेयर पार्टस तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

सोमबार राती १०:३० को समयमा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा  वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.८ ख ६१७१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जनाएका छन् ।

ट्रक र सो भित्र लोड रहेको  सामानहरूको रू.पैतालीस लाख तिस हजार चार बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको प्रवक्ता थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *