रसीद आलम, बिरगंज ,२६ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले ७ लाख भन्दा बढी मुल्यको काजु पक्राउ गरेको जनाएको छ ।
सोमबार बिहान् १०:२० बजेको समयमा बीरगंज म.न.पा.-१० स्थित वजरंग टोलबाट सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्साबाट खटीएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा मगनि राउतको घरमा छापा मार्दा अबैध रुपमा भारतबाट ल्याई लुकाई छिपाई राखेको ८०० के.जि. काजु बरामद गरीएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको काजुको बजार मुल्य रु. १० लाख रहेको तथा भन्सार दाखिला गर्दा ७ लाख २० हजार बराबरको मुल्यांकन गरि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्साको सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले बताएका छन् ।