इजरायल माथी आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास, युएनले भन्यो:- ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

बिदेश समाचार

गाजा, २६ असोज । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् ।

 

गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् ।

 

इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रामण रोकिने वाला छैन ।

 

यसैबिच, हमासकाको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।

 

हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन, ‘हामी हाम्रो भुमी रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायल माथीको हमलालाई दोहोर्याउँछौं।’

 

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुदैँछ अब शत्रुहरुले हाम्रो आक्रामणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।

 

न्युयोर्क, संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपतकालीन अपील जारी गरेको छ।

 

संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ ।

 

राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् ।

 

उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने आफ्नो आदेश रद्द गर्न अनुरोध गरेको छ।

 

सो अनुरोधमा भनिएको छ, ‘संयुक्त राष्ट्रले यस्तो आदेश खारेज गर्न अनुरोध गर्दछ ताकि यहाँको अवस्थालाई अझ बिग्रनबाट रोक्न सकिन्छ।’

संयुक्त राष्ट्र संघले इजरायललाइ गाजा पट्टीको उत्तरी भागबाट २४ घण्टाभित्र आफ्ना कर्मचारी फिर्ता गर्न आग्रह गरेको छ । साथै उसले गाजा पट्टीको उत्तरी भागमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पनि आगामी २४ घण्टाभित्र दक्षिणी भागमा जान भनिएको छ । यस्तो देखिन्छ कि इजरायलले यहाँ हवाई आक्रमण गर्न गइरहेको छ।

यसैबिच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको चेतावनी दिएको छ। डब्लुएचओले यो अवस्था तोड्ने क्रममा रहेको भन्दै गाजामा मानवीय प्रकोपको चेतावनी दिइएको छ। इजरायलको हवाई आक्रमणका कारण गाजाका अस्पतालहरू पनि क्षतिग्रस्त भएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *