रसीद आलम, बारा, २६ असोज।
बाराको महागढीमाई नगरपालिकाबाट प्रहरीले लागु औषध गाँजा २९ के.जी.पक्राउ गरेको जनाएको छ।
विशेष सुचनाको आधारमा असोज २४ गते बाराको महागढीमाई न.पा.वडा नं.६ मा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा ल्याउदै गरेको अबस्थामा पक्राउ गरिएको हो।
प्रहरी टोलीलाई देख्नासाथ बोरा फाली मोटरसाइकल लिई चालक फरार भएको र खोजतलास गर्ने क्रममा बाराको माहागढिमाई न. पा. वडा नं. ११ मधुरी मोटोलको बासँ घारीमा उक्त मोटरसाइकल लुकाईएको अबस्थामा फेला पारी मोटरसाइकल र लागु औषध गाँजा नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।