क्याकुसिन कराते डोजोका लागि पत्रकार दुबेले मासिक ५ हजार सहयोग घोषणा

राजनीति समाचार

बारा, मंसिर ८ – बाराको फेटा गाउँपालिका–१ भलुहीस्थित बगैंचा कटेजमा सञ्चालन भइरहेको क्याकुसिन कराते डोजोका लागि पत्रकार तथा समाजसेवी उमेश दुबेले मासिक ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

महिलाको साथी सखी संस्थाको छैठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार दुबेले खेलाडीहरूको मनोबल उच्च राख्न र उर्जामा थप योगदान दिन सहयोग घोषणा गरेको बताए।

उनले स्थानीय सरकारले खेलाडीहरूको विकासका लागि योजना छुट्याए पनि फेटा गाउँपालिकाका खेलाडीहरू उपेक्षित महसुस गरिरहेको उल्लेख गरे। दुबेले खेलाडीहरूप्रति ध्यान दिन र आवश्यक सहयोग गर्न गाउँपालिकाका मेयरलाई आग्रह गरे।

सखी संस्थाद्वारा आयोजित कार्यक्रममा युवा नेता उमेश कुश्वाहाले दुबेको समाजसेवामा सक्रियतासँगै उनको योगदानको प्रशंसा गरे। दलित समुदायका बालबालिकाको शिक्षा सुनिश्चित गर्न समेत दुबेको भूमिकालाई सराहना गरिएको थियो।

यसै क्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैश्वालले सखी संस्थाको कार्यको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई सहयोग गर्ने वाचा गरे। कार्यक्रममा प्रसौनी गाउँपालिकाका उपाध्यक्षसहित स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *