रसीद आलम, पर्सा ,२८ असोज ।
बिरगंजमा भन्सार छली चोरी पैठारी गरी ल्याएको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा असोज २७ मा १:३० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको एडि कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली चोरी पैठारी गरी ल्याएका कम्प्युटर, ल्यापटप तथा ईलेक्ट्रोनिक्स सामानहरू अनाधिकृतरूपमा भण्डारण गरेको हुँदा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी गर्दा घरको भुई तल्ले कोठाबाट Dell Mini CPU Complete-७० थान, Dell Mini CPU Without System-३२ थान,Dell CPU Box without system-४१ थान, Dell CPU Box Complete-६० थान,Dell Complete CPU Set-७६ थान,Geonix hard disk-८८ थान,Dell Monitor-४२ थान, Mouse-५५० पिस, Monitor wire-३१२ पिस,CCTV Wire-१८,००० मिटर, Mother Board-२५ पिस, Graphic Card-११ पिस,Cooling Fan-१९ पिस, Laptop charger-१३१ पिस, Cat6 Cable-१ रोल, ड्रिल मेसिन-१ थान,Computer Battery-२०० पिस, Dell core I5 Laptop-८ थान, बिग्रेको ल्यापटप- १ थान नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
नियन्त्रणमा लिएको सामानहरू भन्सार छली चोरी पैठारी गरी ल्याएको तथा प्रज्ञापनपत्र विल बिनाको सामानहरू रहेकाले पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन् ।
रू.५१ लाख २६ हजार ७ सय बराबरको मुल्यांकन गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।