इजरायल र हमास बीचको वर्तमान युद्ध:गाँजास्थित अस्पतालमा आक्रामण ५०० जनाको ज्यान गयो,इरानी बिदेशी मन्त्रीले भने- ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’,अल अहली अस्पतालमा भएको हमला युद्द अपराध होः ह्युमन राइट्स।

बिदेश समाचार

काठमाडौं, १ कार्तिक । इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ ।

यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।

 

गाजाको अस्पतालमा भएको बम विस्फोटका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या चिन्ताजनक रूपमा बढेको छ । जसका कारण गाजा पट्टीमा कुल ३५०० जनाको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् ।

 

गाजाको स्वास्थ्य मन्त्रालयले अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५०० जनाको ज्यान गएको बताएको छ, जसमध्ये धेरै महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो।

 

गाजामा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले टेलिग्राममा अरबी भाषामा पोष्ट गरेको विज्ञप्तिमा अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको आक्रमणमा मारिने अधिकांश बालबालिका र महिला रहेको बताए। प्रवक्ताले पीडितको संख्या मेडिकल स्टाफ र एम्बुलेन्सको क्षमताभन्दा बाहिर रहेको बताए।

 

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ।

 

यसबाहेक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

 

गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ ।

अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ ।

 

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’

 

गाजास्थित अल अहली अस्पतालमा इजरायलले गरेको आक्रामणको विश्वभरीवाट निन्दा भएको छ ।

 

गए राती सो आक्रामणमा परी सो अस्पतालमा उपचाररत तथा आश्रय लिएका मध्ये ५०० भन्दा बढीको एकैपटक हत्या भए पछि विश्वभरीका मानवअधिकारवादी संस्थाहरुले निन्दा र भत्सर्ना गरेका छन् ।

सोही क्रममा ह्युमन राइट्स वाचले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘शब्दहरू भन्दा बाहिरको भयानक’ भएको प्रतिक्रिया दिएको छ ।

र, उसले गाजामा थप ‘ठूलो मात्रामा अत्याचार’ रोक्न विश्व नेताहरूलाई आह्वानसमेत गरेको छ।

 

‘अस्पतालहरूमा विशेष सुरक्षा हुन्छ। जानाजानी वा लापरवाहीपूर्वक गरिएका गैरकानूनी आक्रमणहरू युद्ध अपराध हुन्,’ अधिकार समूहले सामाजिक सञ्जालमा लेख्यो।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *